राष्ट्रिय सन्देश संबाददाता, बुधबार, १५ माघ, २०८२
२०८२ माघ १४, पाल्पा । विश्व बैङ्कको सहयोगमा निर्माणाधीन डुम्रे-गुफाचउर सडककाे स्तरउन्नित गर्ने काम सुरू भएकाे छ । तानसेन नगरपालिकाको गौरवको आयोजनाकाे रूपमा रहेको यस सडककाे कालाेपत्रे काम ढिला गरी भएकाे हाे ।
सडक निर्माणकाे अधिकांश काम सकिएपनि कालाेपत्रे गर्ने काम बाँकी थियाे । बाँकी कालाेपत्रे गर्ने काम सुरू भएकाे नगरपालिकाका इन्जिनियर रामप्रसाद श्रेष्ठले जानकारी दिए ।
निर्माण व्यवसायीले तेस्राे पटक म्याद थप गरेपछि काम थालेकाे हाे । सडक स्तरोन्नतिका लागि निर्माण कम्पनी वेदान्सी इन्फ्राइन्सट्रक्चर प्रालिबीच ४५ करोड ७६ लाख ८३ हजारमा १३ महिनामा सक्ने गरी सम्झौता भएको थियो ।
तानसेन नगरपालिका–८, माथिल्लो डुम्रेदेखि तानसेन–१०, गुफा चौर हुँदै तानसेन–३, होलाङ्दीसम्म जोडिएको छ ।