शुक्रबार, १५ फाल्गुन, २०८२

तानसेनमा माघ १५-२७ सम्म व्यापार महाेत्सव हुने

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १३ माघ, २०८२

तानसेनमा माघ १५-२७ सम्म व्यापार महाेत्सव हुने

२०८२ माघ १२, पाल्‍पा । तानसेन नगरपालिकाले यही माघ १५ गतेदेखि टुंडिखेल मैदानमा तेस्राे तानसेन व्यापार महाेत्सव गर्ने भएकाे छ । नगरपालिकाको आयोजनामा हुने "तेस्रो कृषि, रोजगार, पर्यटन उद्योग र व्यापार तानसेन महोत्सव २०८२" ले स्थानीय आर्थिक विकासलाई टेवा पु-याउन सहयाेग गर्ने नगरपालिकाले जनाएकाे छ ।

तानसेनकाे पर्यटन, व्यापार, रोजगारी, कृषि, उद्योगको क्षेत्रलाई चलायमान बनाउन एवम् ती क्षेत्रहरको विकास र विस्तारमा समेत योगदान पु-याउने नगर प्रमुख सन्ताेषलाल श्रेष्ठकाे विस्वास छ । महाेत्सवकाे व्यवस्थापक शर्मा निर्माण सेवाले गर्ने नगरपालिकाले जनाएकाे छ ।

प्रथम र दोश्रो तानसेन महोत्सवले नगरपालिकाको आन्तरिक राजश्वमा उल्लेख्य योगदान गरेकाले यश पटक पनि नगरपालिका आफैँले मेला गर्न लागेकाे नगर प्रमुख श्रेष्ठले बताए । मेला महोत्सवले स्थानीय सरकारको राजश्व अभिवृद्धि गर्नुका साथै निजी क्षेत्रहरुको लागि बजारीकरण र व्यापार प्रर्वद्धनको लागि पनि ठुलो अवसर सृजना गर्ने उनको भनाइ छ ।

जिल्लामै पहिलो पटक जजपरी, औद्योगिक वस्तु तथा सेवाहरुको प्रदर्शनी र प्रवर्द्धन, लगानीका अवसर सिर्जना र आकर्षण गर्ने तथा लघु घरेलु तथा साना उद्योगको प्रवर्द्धन र साना उद्यमी एवम व्यवसायीलाई प्रोत्साहन गर्ने कार्यक्रमहरू रहेका छन्। महोत्सवमा कृषि तथा पशुजन्य उत्पादनको प्रवर्दन, विभित्त प्रदर्शनी अन्तर्गत कृषि तथा पशुपंछी, प्रतियोगितात्मक कार्यक्रम, स्थानीय उत्पादन पाल्पाली ढाका, पाल्पाजी करूवा, माटाका भाँडा, काठका ठेकाटेकी जस्ता कला तथा संस्कृतीको प्रदर्शनी हुनेछ ।

महोत्सबमा ३०० बढी स्टलहरु रहने र ५ लाख बढी मातिसहरुले मेला अवलोकन गर्ने अनुमात्त गरिएको छ । कृषि उत्पादन, लघु तथा घरेलु उत्पादन प्रदर्शनी, शैक्षिक सामाग्री प्रदर्शनी, बैंक तथा वित्तिय संस्था, सूचना प्रविधि, अटो मोबाईल, स्वास्थ्य, पर्यटन तथा स्वदेशी अन्य उत्पादनका प्रदर्शनीहरुका स्टल रहनेछन्। यस महोत्सवमा ८ करोडको कारोबार हुने अनुमान छ । यो महोत्सव हेर्न आउने दर्शकका लागि प्रवेश टिकट बापत जागि भ्याट बाहेक साधारण टिकट ७५ रूपियाँ विद्यार्थी ५० रूपियाँ तथा जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूका लागि निशुल्क प्रवेशको व्यवस्था गरेकाे नगरपालिकाले जनाएकाे छ ।

advertisement_1680627706.gif