शुक्रबार, १५ फाल्गुन, २०८२

तानसेनमा साइक्लिङ् प्रतियाेगिता सम्पन्न

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १९ माघ, २०८२

तानसेनमा साइक्लिङ् प्रतियाेगिता सम्पन्न

२०८२ माघ १८, पाल्‍पा । रानीमहलदेखि तानसेनस्थित पाल्पा दरबार संग्रहालयसम्म सम्पदादेखि सम्पदा उकालो साइक्लिङ् चुनौती प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।

४५ वर्षमुनि र ४५ वर्ष माथिका प्रतियोगिलाई प्रतिस्पर्धामा सहभागी गराइएको प्रतियोगिताम्‍ज्ञ १६ वर्षदेखि ४५ वर्ष उमेर समूहमा रुपन्देही बुटवलका निश्चल नेपाली पहिलो भए । १२ जना प्रतियोगिलाई पछि पार्दै नेपालीले १५ किलोमिटर साइकलयात्रा १ घण्टा ६ मिनेट ४२ सेकेण्डमा पूरा गर्नुभएकाे थियाे ।

दोस्रो भएका रुपन्देहीकै निरज चौधरीले १ घण्टा ७ मिनेट २७ सेकेण्डमा दुरी पूरा गर्नुभयाे । पाल्पा तानसेन बारुदखानका दिलीप जीसीले १ घण्टा १७ मिनेट ३६ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भएको पाल्पा जिल्ला साइक्लिङ् संघका सचिव विज्ञान बज्राचार्यले जानकारी दिए ।

पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश २० हजार, १० हजार र ५ हजार नगद पुरस्कारका साथै मेडल, प्रमाणपत्र मायाको चिनो प्रदान गरियो । ४५ वर्ष उमेर समूह पूरा गरेकाहरुबाट पाल्पा तानसेनका सेते लामा तामाङ् पहिलो भए । १३ प्रतियोगिलाई पछि पार्दै उनले १ घण्टा १९ मिनेटमा निर्धारित दुरी पार गर्नुभएकाे हाे । दोस्रो भएका रुपन्देही बुटवलका नारायण श्रेष्ठले १ घण्टा २१ मिनेट २६ सेकेण्ड लगाए भने पाल्पाकै कृष्ण बहादुर सिंजालीले १ घण्टा २५ मिनेट ५६ सेकेण्डमा दुरी पूरा गरेको संघका उपाध्यक्ष अमनकाजी शाक्यले बताए । प्रतियोगितामा सबैभन्दा कम उमेरका रुपन्देहीका १६ वर्षीय निरज चौधरी र सबैभन्दा धेरै उमेर ५४ वर्षय जनक लाल राना सहभागी भए ।

पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्रदान गरिएको आयोजक पाल्पा जिल्ला साइक्लिङ् संघका अध्यक्ष रुपेश महर्जनले बताए । प्रतियोगिता आयोजना गर्न पाल्पा जिल्ला साइक्लिङ् संघलाई तानसेन पर्यटन समिति (ट्याक्ट) का साथै विभिन्न सहयोगी संघसंस्था, फर्मले सहयोग गरेका थिए ।

प्रतियोगितामा विजयी प्रतियोगिहरुलाई तानसेन नगरप्रमुख सन्तोषलाल श्रेष्ठ, संघका अध्यक्ष रुपेश महर्जन, तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरी, लुम्बिनी खेलकुद परिषद् सदस्य राजु महर्जन, तानसेन ६ का वडाध्यक्ष सागरमान महर्जन लगायतले नगद पुरस्कार तथा मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

advertisement_1676998982.gif