सोमबार, २९ बैशाख, २०८२

तातो हावाको लहर (लू) जोखिम सचेतना अभिमुखीकरण

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २४ फाल्गुन, २०८०

तातो हावाको लहर (लू) जोखिम सचेतना अभिमुखीकरण

नेपालगञ्ज(बाँके) पवन जायसवाल ।नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा तातो हावाको लहर (लू) जोखिम सचेतना विषयक विद्यालय शिक्षकहरुको लागि अभिमुखीकरण तालिम फाल्गुन २४ गते नेपालगञ्ंजमा सम्पन्न भएको ।

अमेरिकन रेडक्रसको सहयोग र नेपालगञ्ज उप–महानगरपालिकाको सहकार्यमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा नेपालगंज उप–महानगरपालिका क्षेत्रमा तातो हावाको लहर (लू) जोखिम व्यवस्थापन कार्यक्रम सञ्चालन भइरहेको छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई तातो हावाको जोखिमबाट बचाउन जनचेतना अभिबृद्धि गर्ने अभिप्रायले शिक्षकहरुलाई यो तालिम दिएको छ ।

तालिममा गर्मी बढ्नुको कारण,  हिटवेभ भनेको के हो ? बच्ने उपाय, जोखिममा पर्ने समूह, आगामी दिनमा गरिने कार्य लगायतका विषयमा प्रशिक्षण दिएको छ भने विद्यालय स्तरमा सञ्चालन गरिने अभिमुखीकरणको कार्ययोजना समेत निर्माण गरिएको छ ।

नेपालगञ्ज उप–महानगरपालिका वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक समीर प्रताप सिंहले तातो हावाको लहरबाट हुने जोखिम कम गर्न रेडक्रसको सहकार्यमा उप–महानगरापालिका क्षेत्रमा जनचेतना अभिवृद्धि गरिरहेको बताउनु भएको छ ।

यसरी नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले तातो हावाको प्रभाव सबै वर्ग र समुूहमा हुने गरेको जस मध्ये बालबालिका, बृद्धा र दिर्घरोगीलाई बढी प्रभावित हुने गरेको बताउनु भएको छ ।
नेपालगञ्ंज उप–महानगरपालिका शिक्षा, युवा तथा खेलकूद महाशाखाका प्रमुख गोरखबहादुर थापा, वातावरण इन्जिनियर एवं विपद् फोकल पर्सन प्रकाश डि.सी. र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका उपनिर्देश दोलखबहादुर डाँगीले तातो हावाको लहर (लू) को बारेमा सहजीकरण गर्नु भएको थियो ।

नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाँके शाखाका मन्त्री अजीज अहमद सिद्दिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव लगायत नेपालगञ्ज उप–महानगरपालिका क्षेत्रका २३ वटा सामुदायिक विद्यालयका शिक्षकहरुको सहभागिता रहेको प्रहलाद बिश्वकर्माले जानकारी गारउनु भएको छ ।

तातो हावाको लहर (लू) जोखिम सचेतना अभिमुखीकरण

advertisement_1676553851.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif