शुक्रबार, १५ फाल्गुन, २०८२

दाङमा बस दुर्घटना हुँदा ७ जना घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ११ फाल्गुन, २०८२

दाङमा बस दुर्घटना हुँदा ७ जना घाइते

२०८२ फागुन ११, दाङ । दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

लमहीदेखि घोराही आउँदै गरेको लु २ ख ३२७७ नम्बरको सोमबार विहान पौने ११ बजेतिर बस दुर्घटना हुँदा ७ जना घाइते भएका हुन् । घाइते हुनेमा चार पुरुष र तीन महिला घाइते भएका हुन् ।

दाङ घोराही उपमहानगरपालिका वडा नं. ३ चिसापानी स्थित मसोट नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताए ।

घाइतेहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । अबस्था सामान्य रहेको छ ।

advertisement_1676551537.gif