आईतवार, ३ जेष्ठ, २०८३

अख्तियारमा एक वर्ष भित्रमा ३७ हजार उजुरी, १३७ मुद्दा दायर

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, ११ श्रावण, २०८२

अख्तियारमा एक वर्ष भित्रमा ३७ हजार उजुरी, १३७ मुद्दा दायर

१० साउन २०८२, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा ३७ हजारभन्दा बढी उजुरीहरूको अध्ययन, छानबिन र कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

उजुरीको यो संख्यासँगै आयोगले वर्षभर १३७ वटा भ्रष्टाचारसम्बन्धी मुद्दा विशेष अदालतमा दायर गरेको छ, जसमा झन्डै ६ अर्ब रुपैयाँ बराबरको बिगो माग दाबी गरिएको छ । अख्तियारले साउन ८ र ९ गते वार्षिक समीक्षा कार्यक्रममार्फत् भ्रष्टाचार सम्बन्धी मुद्दाबारे जानकारी दिएको हो ।

 प्रमुख आयुक्त प्रेमकुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आयोगका आयुक्त, सचिव, अनुसन्धान अधिकृत, शाखा प्रमुखहरू तथा प्रदेश र जिल्लाबाट कर्मचारीहरूको भर्चुअल सहभागिता थियो ।

आयोगले एक वर्षमा १३७ वटा भ्रष्टाचार सम्बन्धी मुद्दा विशेष अदालतमा दायर गरेको छ । जसमा झन्डै ६ अर्ब रुपैयाँ बराबरको बिगो माग दाबी गरिएको छ । अख्तियारले वार्षिक समीक्षा कार्यक्रम मार्फत भ्रष्टाचार सम्बन्धी मुद्दाबारे जानकारी गराएको छ । 

आर्थिक वर्ष २०८१/८२ मा आयोगमा विभिन्न माध्यमबाट २८ हजार ५९७ नयाँ उजुरीहरू प्राप्त भएका थिए भने  अघिल्लो वर्षका ८ हजार ४२९ उजुरीहरू बाँकी थिए । ती दुबै गरी आयोगले ३७ हजार २६ उजुरीको अध्ययन तथा अनुसन्धान अगाडि बढाएको जनाएको छ । उजुरीमध्ये सबैभन्दा धेरै ५३.८४ प्रतिशत स्थानीय तहसँग सम्बन्धित छन् । 

उजुरी प्राप्त हुने माध्यममा सबैभन्दा बढी उजुरी आयोगको वेबसाइटमार्फत आएका थिए । त्यसपछि लिखित निवेदन, इमेल, हुलाक सेवा, मोबाइल एप, भाइबर, समाचार, हेलो सरकार लगायतका माध्यमबाट उजुरी दर्ता भएका थिए। आयोगले ती उजुरीमध्ये ८० प्रतिशतभन्दा बढी उजुरीमाथि छानबिन गरी फर्छ्यौट गरेको छ ।

विभिन्न माध्यमबाट २८,५९७ नयाँ उजुरी प्राप्त भए भने अघिल्लो वर्षबाट बाँकी ८,४२९ उजुरी थपिएपछि कुल उजुरी संख्या ३७,०२६ पुगेको हो । तीमध्ये सबैभन्दा धेरै – ५३.८४ प्रतिशत- उजुरी स्थानीय तहसँग सम्बन्धित थिए, संघीय सरकारविरुद्ध ३३.६९ प्रतिशत र प्रदेश सरकारविरुद्ध १२.४७ प्रतिशत उजुरी परेको आयोगले जनाएको छ ।

advertisement_1676998982.gif