राष्ट्रिय सन्देश संबाददाता, बुधबार, ११ चैत्र, २०८२
२०८२ चैैैत्र ११, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन असोजमा गर्ने निर्णय गरेको छ । आज बसेको केन्द्रीय समिति बैठकले असोज १६ देखि १९ गतेसम्म कांग्रेसको १५औं महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको हो ।
बैठकले वडा अधिवेशन भदौ २, गाउँ/नगर अधिवेशन भदौ ७, प्रदेश क्षेत्रीय अधिवेशन भदौ १७, क्षेत्रीय अधिवेशन भदौ २४ गते गर्ने गरेको छ ।
जिल्ला अधिवेशन असोज २ र ३ तथा प्रदेश अधिवेशन असोज ७ र ८ गते गर्ने तय भएको छ । बैठकले निर्वाचन समिति संयोजकमा वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्कालाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ ।