राष्ट्रिय सन्देश संबाददाता, बुधबार, ३ जेष्ठ, २०८०
काठमाडौँ । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको दिन ।२०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटना परी दुवै नेताको निधन भएको दिनको सम्झनामा आज देशैभरी एमालेले ‘मदन–आश्रित स्मृति दिवस’ मनाउदैछन।
मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसमा आज मदन नगर, बल्खुमा विशेष कार्यक्रम गरेको हो
‘मदन–आश्रित स्मृति’ कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली लगायत पार्टीका शीर्ष नेताहरूले जननेता भण्डारी र नेता आश्रितको तस्वीरमा माल्यार्पण गर्ने तथा उनका बारेमा चर्चा गरेका थिए। कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका थिए।
जननेत भण्डारी र नेता आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा रहस्यमय दुर्घटनाबाट निधन भएको थियो ।