सोमबार, २९ बैशाख, २०८२

आज संसदको बठैक बस्‍दै: सरकारले ल्याएका सबै अध्यादेशलाई निर्णयार्थ प्रस्तुत गरिँदै

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २४ माघ, २०८१

आज संसदको बठैक बस्‍दै: सरकारले ल्याएका सबै अध्यादेशलाई निर्णयार्थ प्रस्तुत गरिँदै

२४ माघ, काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्दै छ । प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजे र राष्ट्रिय सभा बैठक दिउँसो सवा १ बजे बस्न लागेको हो । आजको बैठकले संसद नचलेको बेला सरकारले ल्याएका सबै अध्यादेशलाई निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको बताइएको छ ।

निर्णयार्थ पेस गर्नु अगाडि अस्वीकृतको सूचना दिनेलाई बोल्न दिइनेछ । २९ पुसमा थप चारवटा अध्यादेश जारी भएको थियो भने २ माघमा राष्ट्रपतिले अर्को एउटा अध्यादेश जारी गरेका थिए । त्यसअघि १४ पुसमा सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी भएको थियो ।

सबै ६ वटा अध्यादेश दुवै सदनमा प्रस्तुत भइसकेका छन् । ६ वटा अध्यादेशउपर प्रतिनिधि सभामा ५० वटा अस्वीकृतको सूचना दर्ता भएका छन् । प्रतिनिधिसभामा अध्यादेश अस्वीकृतको प्रस्तावकर्ताले ५ मिनेट र समर्थकले ३ मिनेट बोल्न पाउने भएका छन् ।

advertisement_1676551646.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif