राष्ट्रिय सन्देश संबाददाता, २ घण्टा पहिले
२०८३ जेष्ठ २५, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकलाई श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बहिष्कार गरेका छन् ।
भारत भ्रमणबाट फर्किएलगत्तै लामिछानेले शीर्ष नेताहरूसँग संवाद गर्न सिंहदरबारमा आजै सो बैठक बोलाएका थिए ।
बैठकमा विभिन्न प्रमुख राजनीतिक दलका सभापति तथा अध्यक्षहरूलाई आमन्त्रण गरिएको भए पनि श्रम संस्कृति पार्टीका तर्फबाट कोही पनि सहभागी भएनन् ।