मंगलवार, ३० बैशाख, २०८२

आन्दोलानकारीले बालाजुमा प्रहरीको भ्यान तथा प्रहरी बिट मा आगो लगाए

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १ फाल्गुन, २०७९

आन्दोलानकारीले बालाजुमा प्रहरीको भ्यान तथा प्रहरी बिट मा आगो लगाए

आफ्ना सहकर्मी मजदुर कुटिएको विरोधमा आन्दोलन गरेका  यातायात मजदुरले आज  प्रहरीको   भ्यान तथा अस्थाई प्रहरी बिट  जलाएका छन् । बालाजु बाइपासमा आन्दोलन गरिरहेका यातायात व्यवसायीहरुले रोकिराखेको प्रहरीको भ्यान तथा बालाजु बाइपास मा रहेको अस्थाई प्रहरी बिट मा पनि   आगजनी  गरेका हुन्  ।नयाँ बसपार्क सञ्चालनको ठेक्का लिएको लोत्से कम्पनीका प्रबन्ध सुनिल कुँवरलगायतकाले मजदुरमाथि हातपात गरेको भन्दै विरोधमा उत्रिएका थिए । प्रर्दशन थप हिंसात्मक बन्दै गएको छ ।
अहिले यातायात मजदुरहरूले गोंगबु, चक्रपथलगायतका क्षेत्रमा चक्काजाम गरेका छन् । यात्रुसहितका सार्वजनिक सवारी सडकमा तेर्स्याइएको छ । मजदुर संगठनको आन्दोलनमा यातायात व्यवसायीले पनि साथ दिएका छन् उनीहरुले बाटो बाटोमा गाडी तेर्साएर आन्दोलन मा सघाइरहेका छन्। 

advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif