बिहीबार, २५ पुष, २०८१

advertisement_1730215456.gif

अबैध रुपमा नेपाली नागरिकता लिने १० भारतीय पक्राउ।

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २४ बैशाख, २०८०

अबैध रुपमा नेपाली नागरिकता लिने १० भारतीय पक्राउ।

काठमाडौँ। अबैध रुपमा नेपाली नागरिकता लिने १० भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका  प्रहरीले उनीहरुलाई पक्राउ गरेका हुन् । ती व्यक्तिले नेपाली नागरिकता लिनका लागि नक्कली कागजात र गलत सूचना पेश गरेको अनुसन्धानबाट खुलेको छ । उनीहरुको उत्तर प्रदेश, भारतमा स्थायी घर रहेको पाइएको थियो।

पक्राउ पर्नेमा भारत बिहारका भरतप्रसाद गुप्ता (५५ वर्ष), राहुल गुप्ता (३०), ज्ञानमती देवी गुप्ता (५०) र गोपाल गुप्ता (३९) रहेको प्रहरीले जनाएको छ। उनीहरु काठमाडौँको शंखमुल लगाएतका स्थानमा बस्ने गरेका थिए। त्यस्तै पक्राउ पर्नेमा भारतमै स्थाई घर भएका ललितपुर लगनखेलका ४४ वर्षीय रामसुन्दर गुप्ता, गोङ्बुका ४४ वर्षीय रामप्रवेश गुप्ता, कलङ्कीका ४६ वर्षीय भरत गुप्ता, ४२ वर्षीया स्नेहलता गुप्ता, ४९ वर्षीया मिन्देवी गुप्ता रहेका छन्  र राजेशकुमार गुप्ता (५२ वर्ष),हुन्।

प्राप्त जानकारी अनुसार नेपाली नागरिकता पाएपछि यी व्यक्तिले नेपालका विभिन्न ठाउँमा जग्गा किनेर व्यवसाय सुरु गरेका थिए। केही भारतीयले वंशजको आधारमा नागरिकता लिएर नेपालमा व्यापार गर्दै आएको पनि अनुसन्धानले देखाएको छ ।

 

advertisement_1676551646.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg