बुधबार, २४ पुष, २०८१

advertisement_1730215456.gif

अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, ५ फाल्गुन, २०७९

अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित

काठमाडौँ।  नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको  २३ औ राष्ट्रिय महाधिवेशन को  निर्वाचनबाट  अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन्।अनेरास्ववियुको पदाधिकारी र केन्द्रीय कमिटीमा सहमति हुन नसकेपछि  बिहीबार मतदानको   मतपरिणाम अनुसार बडाल बिजयी भएका हुन । बडाल अनेरास्ववियुका निवर्तमान महासचिव हुन्।

यसैगरी, उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट निर्वाचित भएका छन् भने महासचिवमा नरेश रोकाया निर्वाचित भएका छन्।

मतपरिणाम अनुसार सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना शिवाकोटी, आरती भट्टराई र वितिता काफ्ले निर्वाचित भएका छन्।यस्तै कोषाध्यक्षमा संगम अर्याल निर्वाचित भएको अखिलका एक नेताले  बताएका छन  ।  

अनेरास्ववियुको १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटीका लागि ३ सय भन्दा बढीले उम्मेदवारी दिएका थिए ।

लामो समय पछि भएको महाधिवेसन मा अखिलको नयाँ नेतृत्वमा १७ पदाधिकारीसहित केन्द्रीय कमिटीका १९९ सदस्यीय निर्वाचित भएका छन् ।

अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित

advertisement_1680627680.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg