राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २४ बैशाख, २०८१
काठमाडौं । निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) लाई नयाँ दल आयोगमा दर्ता भएको छ । अशाेक राई पक्षले आयोगमा दल दर्ताका लागि आइतबार निवेदन दिएको सोही निवेदनमाथि आयोगले सोमबार निर्णय गर्दै दल दर्ता गरेको हो।
राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ अनुसार दल दर्ताको निर्णय गरिएको निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयलेजानकारी दिए।
नियमावली अनुसार संघीय संसदमा रहेका दलका सांसदको २० प्रतिशत र केन्द्रीय समितिको २० प्रतिशतले हस्ताक्षर गरेर दल विभाजन तथा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएमा दल दर्ता गर्न सकिने व्यवस्था रहेको छ ।
राईसहितको निवेदनअनुसार नयाँ दलको नाम जनता समाजादी पार्टी (जसपा) लाई मान्यता दिइएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताएका बताए ।