राष्ट्रिय सन्देश संबाददाता, सोमबार, १५ जेष्ठ, २०८०
काठमाडौँ । सरकारले ल्याएको नयाँ बजेटमा कर्मचारीको तलब नबढ्ने भएको छ । कर्मचरीले पाउनेअन्य रकम समेत कटौती गर्ने भएको छ। तर कर्मचारीले पाउने पोसाक भत्ता, महँगी भत्ता र फिल्ड भत्ता तथा वैदेशिक भत्ता भने कायम राखिएको छ ।
आगामी आर्थिक बर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री प्रकाशरण महतले अहिलेको आर्थिक मन्दीलाई मध्यनजर गरी आगामी आर्थिक वर्षका लागि सबै प्रकारका प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्तासहित भत्ता खारेज गरेको बताएका छन्।
त्यस्तै सरकारले आगामी आर्थिक वर्षमा कर्मचारीका लागि नयाँ दरबन्दी स्वीकृत नगर्ने नीति पनि बजेटमार्फत सार्वजनिक गरेको छ ।
सबै सरकारी सेवा, नियामक निकाय र सार्वजनिक संस्थानमा आगामी आर्थिक वर्ष नयाँ संरचना र दरबन्दी सिर्जना गरिने छैन,” अर्थमन्त्रीले भनेका छन्, यसवर्ष सरकारले ल्याएको १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेटमा २० वटा समिति तथा बोर्ड खारेज गर्ने तथा समान प्रकृतिका संस्थाको मर्जर नीति पनि लिएको छ ।