बिहीबार, २५ पुष, २०८१

advertisement_1730215456.gif

भ्रष्टाचारलाई जरैदेखि निर्मुल पार्नु नै आफ्नो पार्टीको पहिलो उद्देश्‍य : रवि लामिछाने

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १३ जेष्ठ, २०८०

भ्रष्टाचारलाई जरैदेखि निर्मुल पार्नु नै आफ्नो पार्टीको पहिलो उद्देश्‍य : रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले भ्रष्टाचारलाई जरैदेखि निर्मुल पार्नु नै आफ्नो पार्टीको पहिलो उद्देश्‍य भएको बताएका छन् ।

शनिवार पार्टीको ललितपुर महानगरको भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले रास्वपाको पहिलो एक नम्बरमा रहेको काम भनेकै भ्रष्टाचारको अन्त्य गर्नु रहेको बताए । उनले भ्रष्टाचार विरुद्ध रास्वपा चुप लागेर नबस्ने पनि प्रष्ट पारे । 

सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको अनुसन्धानमाथि आफूहरुलाई शंका लागेकाले संसदीय विशेष समिति बनाएर छानविन गर्न माग गर्नु परेको बताए । संसदीय विशेष समिति बनाएर यसमा संलग्नहरुलाई कारबाही गर्नका लागि आफ्नो पार्टीले सक्दो पहल गर्ने उनले बताए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका ठूला भनेका नेता हाँगा मात्रै भएकोले उक्त प्रकरणमा जरा सम्म पुगेर छानविन गर्न संसदमा संसदीय समितिको आफुहरुले उठाएको उनको भनाइ थियो ।

उनले भने ‘अहिले समातिएका ठूला भनिएका नेताहरु ति भ्रष्टाचारका जरा होइनन्,हाँगा मात्र हुन् जरा सम्म पुग्नुपर्ने छ । जरासम्म पुग्न सकेको छैन्, जरासम्म पुगोस भनेर राष्ट्रिय स्वतन्त्र पार्टीले अव संसदमा आवाज उठाउन थालिसक्यो । संसदमा विशेष समितिको माग गछौं ।’  

लामिछानेले देशमा रहेको भ्रष्टाचारको जरोसम्म पुगेर त्यसलाई नओकलेसम्म आफूहरुले स्वास नफेर्ने जिकिर समेत गरे ।

advertisement_1730215456.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg