बिहीबार, २५ पुष, २०८१

advertisement_1730215456.gif

भारत भ्रमणका बेला प्रधानमन्त्रीले नेपालको भुमि राखेर बनाएको नक्सा हटाउन भन्नुपर्छ : ओली

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १६ जेष्ठ, २०८०

भारत भ्रमणका बेला प्रधानमन्त्रीले नेपालको भुमि राखेर बनाएको नक्सा हटाउन भन्नुपर्छ : ओली

काठमाडौँ।भारतको संसद भवनमा राखिएको नक्साप्रति आपत्ति जनाउदै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसको बिरोध गरेका छन्।उनले नेपालको भूमि आफ्नो नक्सामा समावेश गरेको भन्दै आपत्ति जनाएका हुन्।

भारतजस्तो नमूना लोकतन्त्र भएको मुलुकले गरेको व्यवहारलाई उचित मान्न नसकिने ओलीले बताएका छन् ।भारतले अखण्ड भारतको नाममा नेपालका  'लुम्बिनी, कपिलवस्तु भारतको नक्सामा पारेर, संसद भवनमा काठमा कुँदेर राखेको बताइएको छ ।

नेपालको भूमि आफ्नो नक्सामा राखेर संसदजस्तो ठाउँमा भारतजस्तो पुरानो, सुदृढ र नमूना लोकतन्त्र भनिएको मुलुकले यस्तो व्यवहार गर्‍यो भनेर उचित भन्न सकिँदैन,' ओलीले  भने।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणका बेला यो कुरा राखेर भारत संग प्रश्न गर्न माग गरे ।उनले भने  'प्रधानमन्त्री भोलि भारत भ्रमणमा जाँदै हुनुहुन्छ।

उहाँले त्यो नक्सा हटाउनुस्, त्यो गल्ती सच्याउनुस् भनेर भारत सरकारसँग भन्न सक्नुपर्छ। कुरा गर्नुपर्छ। त्यति कुरा गर्न सक्नुहुन्न भने भारत भ्रमण जानुको कुनै औचित्य छैन। 

advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg