राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, २८ बैशाख, २०८०
काठमाडौँ। नेकपा एमाले केन्द्रीय कमिटीको बैठक सुरू भएको छ।
बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज देखि सुरू भएको हो । बैठक तीन दिनसम्म चल्ने बताइएको छ । बैठकमा १० वटा एजेन्डामा छलफल हुने बताइएको छ ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नुका साथै, निर्वाचनको समीक्षा, ग्रासरुट अभियानको समीक्षा, भावी नीति तथा कार्यक्रमलगायतका एजेन्डाहरु तय गरिएका छन् ।यस्तै, बैठकमा बर्तमान समसामयिक राजनीति, नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानलगायतको विषयमा पनि छलफल हुने बताइएको छ ।
यस अघि बैठक झापा जिल्लामा हुने भनिएपनि बिबिध कारणले काठमाडौँ मा सारिएको बताइएको थियो ।