बिहीबार, २५ पुष, २०८१

advertisement_1730215456.gif

एमालेले गर्यो विभिन्न पदाधिकारीहरुको जिम्मेवारी बाँडफाड।

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १९ जेष्ठ, २०८०

एमालेले गर्यो विभिन्न  पदाधिकारीहरुको  जिम्मेवारी बाँडफाड।

काठमाडौँ। एमाले पार्टी कार्यालय च्यासलमा शुक्रबार बसेको एमाले सचिवालय बैठकले प्रदेश इन्चार्जमा एमालेका सचिबहरुलाई जिम्मेवारी दिएको छ । जसमा रघुवीर महासेठलाई कोशी प्रदेश र योगेश भट्टराईलाई मधेशको जिम्मेवारी तोकेको छ ।वाग्मती प्रदेशको इन्चार्ज तोकिन बाँकी छ भने गण्डकीमा गोकर्ण विष्ट , लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा लेखराज भट्ट र सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी छविलाल विश्वकर्माले पाएका छन् ।जिल्ला तथा पालिका इन्चार्जमा पनि हेरफेर गरिएको छ ।

'विभागीय प्रमुखको जिम्मेवारी पनि हेरफेर गरिएको छ । सबै केन्द्रीय सदस्यहरुको जिम्मेवारी तोकिएको छ ।'स्थायी कमिटी र पोलिटब्यूरो सदस्यलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ भने केन्द्रीय सदस्यहरुलाई पालिकाको जिम्मेवारी दिइएको छ ।एमालेले विभाग प्रमुख राजेन्द्र गौतमलाई बनाएको छ । यसअघिको विभागीय प्रमुख पृथ्वीसुब्बा गुरुङलाई संसदीय विभागको प्रमुख बनाइएको छ ।

त्यस्तै  सचिवालयल बैठकले जिम्मेवारीमा हेरफेर गर्दै वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरुलाई पनि  जिम्मेवारी तोकेको छ। योजना तथा नीतिसँगसम्बन्धी विभागको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पूर्वाधार र विकाससँग जोडिएको विभागमा सुरेन्द्र पाण्डे, कृषि तथा उद्यमशीलतासम्बन्धी विभागमा रामबहादुर थापा, सामाजिक विकाससम्बन्धी विभाग अष्टलक्ष्मी शाक्य, मानवस्रोतसँगसम्बन्धी विभाग युवराज ज्ञवाली, सुशासन र सेवा प्रवाहसँग सम्बन्धी विभागका सुवासचन्द्र नेम्वाङ र संगठन तथा प्रशिक्षणसँग सम्बन्धी विभागहरुको संयोजन विष्णु पौडेललाइ तोकेको छ। 

advertisement_1730215456.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg