राष्ट्रिय सन्देश संबाददाता, शनिबार, १८ चैत्र, २०७९
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी-एकीकृत मार्क्सवादी लेनिनवादी (नेकपा) ले आगामी वैशाख २३ गते हुने तनहुँ र चितवनमा हुने उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गरेको छ। जसअनुसार तनहुँ–१ बाट प्रमुख सर्वेन्द्र खनाल र चितवन–२ बाट रामप्रसाद न्यौपानेले उम्मेदवारी दिने निर्णय गरेको छ । न्यौपाने हाल एमालेको चितवन जिल्ला शाखा अध्यक्ष छन् । बारा–२ को उम्मेदवारबारे पार्टीले निर्णय गर्न बाँकी रहेको र अन्तिम निर्णय आउनुअघि थप छलफल आवश्यक रहेको बताइएको छ।
नेपाली कांग्रेसले तनहुँ–१ मा गोविन्द भट्टराई र चितवन–२ बाट जितनारायण श्रेष्ठले उम्मेदवारको टुंगो लगाएको छ । यसैबीच,रास्वपाले तनहुँ–१ मा स्वर्णिम वाग्ले, चितवन–२ मा पार्टी सभापति रवि लामिछाने र बारा–२ मा रमेश खरेललाई उम्मेदवार घोषणा गरेको छ । बारा–२ बाट नेपाल सुशासन पार्टीका अध्यक्ष खरेल स्वतन्त्र पार्टीको चुनाव चिन्हमा उम्मेदवार हुने भएका छन् ।
यसअघिका सांसद रामचन्द्र पौडेल राष्ट्रपति र उपराष्ट्रपतिमा रामसहयप्रसाद यादव निर्वाचित भएपछि तनहुँ र बारामा उपनिर्वाचन आवश्यक भएको थियो । त्यस्तै, माघमा सर्वोच्च अदालतबाट नागरिकताको प्रमाणपत्र बदर भएपछि स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसद पद गुमाएपछि चितवन–२ मा उपनिर्वाचन घोषणा गरिएको हो । नेकपा एमालेले तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार दिने बताएको छ उम्मेदवार दिने बताएको छ