बिहीबार, २५ पुष, २०८१

advertisement_1730215456.gif

गण्डकीका मुख्यमन्त्री अधिकारी पदमुक्त

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, ९ बैशाख, २०८०

गण्डकीका मुख्यमन्त्री अधिकारी पदमुक्त

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्री अधिकारी स्वतः पदमुक्त हुनुभएको हो 

विश्वासको मत पाउन कम्तीमा ३१ सांसदको समर्थन जुटाउनुपर्नेमा अधिकारीले एमाले र राप्रपाका सांसदको गरी २४ मत पाएका थिए  ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका सांसदको समर्थनमा २५ पुसमा मुख्यमन्त्री बनेका अधिकारी करिब साढे ३ महिना पदमा रहे ।

मुख्यमन्त्री अधिकारीको विश्वासको मतको विपक्षमा ३५ मत खसेको छ । नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ७ र हालै नेकपा एकीकृत प्रवेश गरेका राजीव गुरुङ अर्थात दिपक मनाङेले अधिकारीलाई मत दिएनन् ।

नेकपा एमालेका अधिकारी नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका सांसदको समर्थनमा गएको पुष २५ गते मुख्यमन्त्री बन्नुभएको थियाे ।

advertisement_1676551537.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg