राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २३ बैशाख, २०८१
काठमाडौँ । जसपा नेपाल विभाजित भएको छ । विभाजित भएको समूहले नयाँ दल दर्ताका लागि आज निर्वाचन आयोगमा निवेदन दिएको छ । निवेदनमा नयाँ दलको अध्यक्षमा अशोक राई र महासचिवमा मोहम्मद इस्तियाक राईलाई प्रस्तावित गरिएको बताइएको छ ।
अशोक राई जसपामा वरिष्ठ नेता थिए । उनी एमालेका पूर्वनेता हुन् । उनी गत आमनिर्वाचनमा एमालेको सहयोगमा निर्वाचित भएका थिए ।गत निर्वाचनमा बाँके २ मा पराजित भएका इस्तियाक राई पूर्वमन्त्री हुन् । नयाँ पार्टीको नाम जसपा प्रस्ताव गरिएको छ ।
निर्वाचन आयोगले निवेदन दर्ता गरे पनि दल दर्ता भने नभई सकेको बताइएको छ । पार्टीमा एक सहअध्यक्ष र चार उपाध्यक्ष प्रस्तावित छन् ।
सहअध्यक्षमा रेणु कुमारी यादव छिन् भने उपाध्यक्षहरुमा नवलकिशोर साह सुडी, रणध्वज लिम्बु, परशुराम बस्नेत र सुशीला श्रेष्ठ रहेका छन् । यस्तै वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पनि राईतिरै लागेका छन् ।