बुधबार, २४ पुष, २०८१

advertisement_1730215456.gif

कांग्रेससहितका ८ दलले नयाँ गठबन्धन;राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १२ फाल्गुन, २०७९

कांग्रेससहितका ८ दलले नयाँ गठबन्धन;राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने

काठमाडौं। सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र प्रतिपक्षमा रहेका नेपाली कांग्रेससहितका ८ दलले नयाँ गठबन्धन बनाएर, राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका छन् ।

शुक्रबार साँझ बसेको ८ दलको बैठकमा प्रधमनमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको सबैभन्दा ठूलो दल कांग्रेसलाई राष्ट्रपतिको चुनावमा समर्थन गर्ने प्रस्ताव राखेका थिए ।

प्रधानमन्त्री निवासमा भएको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, लोसपा र जनमत पार्टीको सहभागिता रहेको थियो ।

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg