शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

कोशीका मुख्‍यमन्त्री कार्कीले पाए विश्वासको मत

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ३१ बैशाख, २०८१

कोशीका मुख्‍यमन्त्री कार्कीले पाए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत प्राप्त गरेका हुन् ।

बैठकमा उपस्थित ६२ जना प्रदेशसभा सदस्यमध्ये  ५७ जनाले कार्कीलाई विश्वासको मत दिएका थिए भने ५ जना भने तटस्थ बसेका छन् । कार्कीलाई एमाले, माओवादी र एकीकृत समाजवादीका सांसदले मत दिएका थिए ।

आजको बैठक प्रतिपक्ष दल नेपाली कांग्रेसले भने बहिष्कार गरेको थियो । ९२ सदस्यीय रहेको प्रदेश सभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ।

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg