राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, १७ चैत्र, २०८२
२०८२ चैत्र १७, काठमाडौं । काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ गरेका छन् । उनलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले जनाएको छ ।
भदौ २३ र २४ को आन्दोलन नियन्त्रणका क्रममा भएको सुरक्षा दमनमा उनको भूमिकालाई लिएर जाँचबुझ आयोगले लापरबाही र हेलचेक्र्याइँ गरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो ।
गौरी बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले उनलाई मुलुकी अपराध संहिताअनुसार ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।
भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा रिजाल काठमाडौंका प्रमुख जिल्ला अधिकारी थिए। जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिस अनुसार अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको हो ।
यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन् ।