राष्ट्रिय सन्देश संबाददाता, सोमबार, ८ जेष्ठ, २०८०
रुपन्देही । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद विस्तार गरेका छन।चौधरीले नेपाली कांग्रेस, जसपा र जनमत पार्टीका एक–एक जनालाई थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
आज बनाइएका मन्त्रीहरुमा नेपाली कांग्रेसका राजु खनाल स्वास्थ्यमन्त्री, जसपाका भण्डारीलाल अहिर कृषि तथा भूमी व्यवस्था र जनमत पार्टीका चन्द्रकेश गुप्ता सामाजिक विकास मन्त्री रहेका छन्। गुप्ता यसअघि सामाजिक विकास मन्त्री र अहिरले कृषि मन्त्रीको जीम्मेवारी पाएका थिए ।
खनाल भने नयाँ हुन्।यसअघि माओवादीका धनबहादुर मास्की अर्थमन्त्री तथा लोसपाका सन्तोषकुमार पाण्डेय र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी विना विभागीय मन्त्री नियुक्त भैसकेका छन् ।
नवनियुक्त मन्त्रीहरुको आजै सपथ गराउने तयारी रहेको बुझिएको छ।