राष्ट्रिय सन्देश संबाददाता, बुधबार, १८ चैत्र, २०८२
२०८२ चैत्र १८, काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दिएको रिट उच्च अदालतले खारेज गरेको छ । पाठकले बस्नेतविरुद्ध जबरजस्ती करणको आरोप लगाउँदै मुद्दा दायर गरेकी थिइन् ।
उच्च अदालतका न्यायाधीश सोमकान्त मैनाली र केशव अधिकारीको संयुक्त इजलासले पाठकको रिट खारेज गर्दै जिल्ला सरकारी वकिल काठमाडौंको निर्णय सदर गरेको हो ।
पाठकले जिल्ला प्रहरी परिसरमा बस्नेतविरुद्ध उजुरी दिएकी थिइन् । उनको रिटमा दाबी नपुगेको भन्दै मुद्दा नचलाउने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध पाठक उच्च अदालत गएकी थिइन् । उच्चको यो फैसलासँग महेश बस्नेतविरुद्ध शोभा पाठकको आरोप खारेज भएको छ ।
उक्त जाहेरीमा अनुसन्धान गर्दा उचित प्रमाण फेला नपरेको भनेर जिल्ला सरकारी वकिल कार्यालयले तामेलीमा राख्ने निर्णय गरेको थियो । उक्त निर्णय विरूद्ध पाठक रिट लिएर उच्च अदालत पाटन गएकी थिइन् । त्यो रिटमा पनि खारेज भएको हो ।