राष्ट्रिय सन्देश संबाददाता, सोमबार, १५ जेष्ठ, २०८०
काठमाडौँ। आज १६ औं गणतन्त्र दिवस सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेर मनाइएको छ।नेपाली जनताको लामो बलिदान र सङ्घर्ष पछि राजतन्त्र ढालेर गणतन्त्र प्राप्ती भएपछी उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाउन थालिएको हो।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ,सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरू टुँडिखेलमा आयोजित गणतन्त्र दिवसमा सरिक थिए।
गणतन्त्र दिवसका उपलक्ष्यमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष पुर्व प्रधानमन्त्रीहरु लगायत विभिन्न राजनीतिक दलका प्रमुखले गणतन्त्र दिवसका अवसरमा बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेतृत्वदायी भूमिकामा रहेका दलको नेताहरूले पनि गणतन्त्र प्राप्तिका आन्दोलनमा सहभागी सबैलाई हार्दिक अभिनन्दन प्रकट गरेका छन्। विसं २०६२/६३ को ऐतिहासिक जनआन्दोलनका माध्यमबाट मुलुकमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको हो ।
गणतन्त्र आएको लामो समय भैसक्त्दा पनि जनताको जीवन स्तरमा खासै परिवर्तन आउन नसकेको केवल राजनीतिक दलहरु सत्ता स्वार्थका लागि एक आपसमा लड्ने गरेको आम जनमानसमा गुनासो रहेको छ। अस्थिर सरकार ,भ्रस्टाचार ,अस्थिर पररास्ट्र नीति राजनीतिक दलहरुमा फुट आदिले गर्दा अहिले गणतन्त्र झन् कमजोर हुदै गैरहेको बुझाइ जनतामाझ रहेको छ।