राष्ट्रिय सन्देश संबाददाता, आईतवार, ३० बैशाख, २०८१
जनकपुरधाम । नेकपा एमाले र माओवादी मधेश सरकारबाट बाहिरीएको छ । नेकपा एमाले र माओवादीका सरकारबाट राजीनामा दिएर बाहिरीएको हो ।
एमालेबाट मधेश सरकारका मन्त्रीहरु सरोजकुमार यादव, राजकुमार लेखी, सत्रुधन सिंह, प्रमोदकुमार जयसवाल र राज्यमन्त्रीहरु केशव राय र शारदा थापाले आइतबार मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन् ।
त्यस्तै मधेश सरकारबाट आइतबार नै राजीनामा दिएका माओवादी नेताहरु भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव लुम्बनाथ पोखरेललाई बुझाएका छन् ।
मधेश प्रदेशमा एमालेका २५ र माओवादी केन्द्रका ९ सांसद रहेका छन्। एमाले र माओवादी केन्द्र बाहिरिएसँगै सरकार अल्पमतमा परेको छ।