बिहीबार, २५ पुष, २०८१

advertisement_1730215456.gif

नागरिक उन्मुक्ति पार्टीले घोषणा गरेको नेपाल बन्द फिर्ता

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, ६ जेष्ठ, २०८०

नागरिक उन्मुक्ति पार्टीले घोषणा गरेको नेपाल बन्द फिर्ता

काठमाडौं । सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले गरेको नेपाल बन्दको घोषणा फिर्ता लिएको छ ।नाउपाले जेठ ६ गतेदेखि १० गतेसम्म गर्ने नेपालबन्द घोषणा कार्यक्रम फिर्ता लिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने र फौजदारी विधेयक संसद्‌मा टेबल भइसकेको जानकारी गराएपछि नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको भन्दै नाउपाले बन्द फिर्ता लिएको जनाएको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै बन्दका सबै कार्यक्रम फिर्ता लिएको जनाएको छ ।

सरकार पक्षसँग भएको सम्झौता सारकारात्मक भएको महसुस नागरिक उन्मुक्ति पार्टीलाई भएकाले प्रेस विज्ञप्तिमा आह्वान गरिएको नेपाल बन्द कार्यक्रम अर्को सूचना नआउँदासम्म स्थगित गरिएको एक नेताले बताए।

advertisement_1730215456.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg