राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, १९ जेष्ठ, २०८०
काठमाडौँ। नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र डा. सुरेन्द्र भण्डारीले पेश गरेको रिट निवेदन सर्वोच्च अदालतमा शुक्रबार दर्ता भएको हो ।
रिट निवेदनमाथि आइतबार सर्वोच्च अदालतमा पेशी तोकिएको बताइएको छ ।
रास्ट्रपति रामचन्द्र पौड्यालले दुइ दिन अगाडी अलपत्रमा रहेको नागरिकता बिधेयक प्रमाणीकरण गरेका थिए।
राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्ने क्रममा देखाइएका संविधानका प्रावधानहरु विधेयक प्रमाणीकरणसँग सम्बन्धित नभएको, संवैधान को अधिकारलाई गलत तरिकाले प्रयोग गरिएको भन्दै रिट निवेदनमा प्रमाणिकरण गरेको विधेयक तत्काल कार्यान्वयन नगर्नु भनी रोक लगाउन माग गरिएको छ ।