बुधबार, २४ पुष, २०८१

advertisement_1730215456.gif

नेकपा एमालेबाट मन्त्री बनेका नेताहरुले प्रधानमन्त्री पुष्‍प कमल दाहाल प्रचण्‍ड समक्ष राजीनामा बुझाए

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १५ फाल्गुन, २०७९

नेकपा एमालेबाट मन्त्री बनेका नेताहरुले प्रधानमन्त्री पुष्‍प कमल दाहाल प्रचण्‍ड समक्ष राजीनामा बुझाए

नेकपा एमालेबाट मन्त्री बनेका नेताहरुले प्रधानमन्त्री पुष्‍प कमल दाहाल प्रचण्‍ड समक्ष राजीनामा बुझाएका छन् । सोमबार अपरान्ह उपप्रधानमन्त्री विष्णु पौडेलसहित एमालेबाट मन्त्री बनेका नेताहरु बालुवाटारमा प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन् ।

मन्त्रिपरिषदमा एमालेबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, कृषि मन्त्री ज्वालाकुमारी शाह, परराष्ट्रमन्त्री विमला राई पौड्याल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, रक्षा मन्त्री हरि उप्रेती, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र भूमिसुधार मन्त्री राजेन्द्रकुमार राईले एकै पटक राजीनामा बुझाएका हुन।

सोमबार दिउँसो बसेको एमालेको सचिवालय बैठकले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो।

 

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg