शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

नेम्वाङको निधनले स्तब्ध बनाएको छ : राष्ट्रपति पौडेल

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २६ भाद्र, २०८०

नेम्वाङको निधनले स्तब्ध बनाएको छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनको खबरले आफूलाई स्तब्ध बनाएको बताएका छन् । मंगलबार बिहानै उनले ट्वीटमार्फत् नेम्वाङको निधनले आफूलाई मर्माहत र स्तब्ध बनाएको बताएका हुन् ।

तत्कालीन संविधान सभाका अध्यक्ष समेत रहेका नेम्वाङको गएराति हृदयघातबाट निधन भएको हो ।

पौडेलले ट्वीटमा लेखेका छन् ‘संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध बनाएको छ ।’उनले नेम्वाङप्रति श्रद्धाञ्जली प्रकट गर्दै परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

ट्वीटमा थप लेखिएको छ ‘दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उहाँको पार्टीप्रति गहिरो समवेदना प्रकट गर्दछु ।’

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg