सोमबार, २९ बैशाख, २०८२

नेपाललेले टर्कीमा राहत सामग्री पठायो

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १ फाल्गुन, २०७९

नेपाललेले टर्कीमा  राहत सामग्री  पठायो

नेपाल सरकारले टर्कीका भूकम्पपीडितका लागि पहिलो चरणको राहत सामग्री पठाएको छ। पहिलो चरणअन्तर्गत २२ टनभन्दा बढी राहत सामग्री आज दिउँसो टर्की पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 
सरकारले टर्कि पठाएकाे राहत सामग्रीहरुमा औषधि, मेडिकल उपकरण, न्यानो कपडालगायत अन्य अत्यावश्यक सामग्री समावेश छन्।

गत सोमबार आएको शक्तिशाली भूकम्पमा परी टर्की र सिरियामा गरी ३३ हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन् भने हजारौँ घाइते र घरबारविहीन भएका छन्।  

नेपालले यस अघि नै  टर्कीमा अत्यावश्यक सामग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको थियो।

advertisement_1744958411.jpg
advertisement_1693066608.gif
advertisement_1697293415.gif