बुधबार, २४ पुष, २०८१

advertisement_1730215456.gif

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको लागि मतदाता नामावली सार्वजनिक

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १० फाल्गुन, २०७९

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको लागि मतदाता नामावली सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको लागि मतदाता नामावली सार्वजनिक गरेको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले ८८१ जनाको नामावली सार्वजनिक गरेको हो । मतदाताहरूमा संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जनाको नाम समावेश छ । राष्ट्रपतिको निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरुले भाग लिन पाउँछन् ।

प्रकाशित मतदाता नामावलीको दाबी विरोधको उजुरी आजै बिहान ११ बजेदेखि भोलि १२ बजेसम्म समयमा पर्न आएका निवेदन तथा उजुरी उपर फागुन १२ गते ३ बजेसम्म छानबिन गरी ४ बजे अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ।

राष्ट्रपतिको पदको लागि फागुन १३ गते मनोनयन दर्ता र २५ गते निर्वाचन हुँदैछ ।

advertisement_1676551537.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg