सोमबार, २९ बैशाख, २०८२

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले लिए शपथ ।

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २९ फाल्गुन, २०७९

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र  पौडेलले लिए  शपथ ।

काठमाडौँ।  नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपतिको कार्यालयमा  सोमबार आयोजना गरेको  एक विशेष समारोहका बीच राष्ट्रपति पौडेलले शपथ ग्रहण गरेका हुन् ।नेपालको संबिधान अनुसार रास्ट्रपति लाइ प्रधानन्यायाधीश ले सपथ गराउने व्यवस्था अनुसार नवनिर्वाचित राष्ट्रपति पौडललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएका हुन् ।नेपाली कांग्रेसका वरिष्ठ नेता  पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।

उनले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई पराजित गरि नयाँ रास्ट्रपति को रुपमा निर्वाचित भएका थिए।  

advertisement_1676551537.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif