बिहीबार, २५ पुष, २०८१

advertisement_1730215456.gif

नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १७ चैत्र, २०७९

नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं। नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालयमा आज शुक्रवार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्रीले शपथ ग्रहण गरेका हुन् । राष्ट्रपति पौडेलले शितल निवासमा आयोजित कार्यक्रममा नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएका थिए।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृहमन्त्री, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधानमन्त्री एवं रक्षामंत्री, नागरिक उन्मुक्तिकी रञ्जिता श्रेष्ठ भूमि व्यवस्था मन्त्री, जसपा नेता अशोककुमार राई शिक्षा मन्त्री, लोसपा नेता शरदसिंह भण्डारी श्रममन्त्री, कांग्रेस नेता प्रकाशशरण महत अर्थमन्त्री, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव महिला बालबालिका मन्त्री, माओवादी नेता शक्तिबहादुर बस्नेत ऊर्जामन्त्री शपथ ग्रहण गरेका छन।

त्‍यस्‍तै माओवादीकी रेखा शर्मा सञ्चार मन्त्री, माओवादीकै सुदन किराती संस्कृति मन्त्री, माओवादीकै अमनलाल मोदी संघीय मामिला मन्त्री, एकीकृत समाजवादीका प्रकाश ज्वाला भौतिक मन्त्री, नागरिक उन्मुक्तिकी रञ्जिता श्रेष्ठ भूमि व्यवस्था मन्त्री, कांग्रेसका रमेश रिजाल उद्योग मन्त्री, कांग्रेसकी सीता गुरूङ सहरी विकास मन्त्री, संस्कृति राज्यमन्त्री माओवादीकी सुशीला सिर्पाली ठकुरीले पनि शपथ ग्रहण गरेका छन।

नवनियुक्त मन्त्रीहरूले पदभार ग्रहण समेत गरेका छन्। 

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg