मंगलवार, ३० बैशाख, २०८२

११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विविध कार्यक्रम गरी विश्वभर मनाइँदै।

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २४ फाल्गुन, २०७९

११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस  विविध कार्यक्रम गरी विश्वभर मनाइँदै।

काठमाडौँ। आज ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस  विविध कार्यक्रम गरी विश्वभर मनाइँदैछ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नेपालमा लैंगिक समानताको बलियो आधार  सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार भन्ने राष्ट्रिय नाराका साथ मनाइंदैछ ।
नेपाल सरकारले आज बुधबार नारी दिवसको दिन सार्वजनिक विदा दिएको छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने प्रचलन छ ।

दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लगाएत दलका शीर्ष नेताहरूले आज नारि दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन् ।

advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif