राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, १७ चैत्र, २०७९
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।
शुक्रबार भएको मन्त्रिपरिषद् विस्तारमा नेपाली काँग्रेस, जनता समाजवादी पार्टीलगायत राजनीतिक दलबाट सहभागी भएका छन्। नेपाली कांग्रेसको सिफारिसमा चार सांसदलाई मन्त्रीमा नियुक्त गरिएको छ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधानमन्त्री तथा रक्षामन्त्री बनेका छन् । डा प्रकाशशरण महत अर्थ, रमेश रिजाल र सीता गुरुङलाई क्रमशः सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त गरिएको छ । जनता समाजवादी पार्टी (जसपा)को सिफारिसमा अशोक राई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त भएका छन् । एकीकृत समाजवादी बाट पार्टीका उपाध्यक्ष बेदुराम भुसाललाई कृषि तथा पशुपन्छी विकासमन्त्रीमा नियुक्त गरिएको छ । त्यस्तै, सोही पार्टीका उपमहासचिव प्रकाश ज्वालालाई भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा नियुक्त गरिएको छ ।
माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बनेका छन् उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको भने मन्त्रालय फेरिएको छ । ११ पुसमा भौतिक पूर्वाधारमन्त्री भएका उनलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ ।सञ्चार तथा सूचना प्रविधिमा रेखा शर्मा, पर्यटन तथा नागरिक उड्डयनमा सुदन किराती र संघीय मामिला तथा समान्य प्रशासनमा अमनलाल मोदीले को मन्त्रालय यथावत राखिएको छ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शरदसिंह भण्डारी श्रम तथा रोजगार र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री भएका छन् ।नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनेका छन् ।