बिहीबार, २५ पुष, २०८१

advertisement_1730215456.gif

प्रतिनिधिसभा बैठकमा बजेटमाथि छलफल जारि।

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २३ जेष्ठ, २०८०

प्रतिनिधिसभा बैठकमा बजेटमाथि छलफल जारि।

काठमाडौँ। प्रतिनिधिसभा बैठकमा बजेटमाथि छलफल जारि रहेको ।  सांसदहरुले आ आफ्नो धारणा ब्यक्त गरेका छन्। आजको बैठकको शुरुमा एमाले राप्रपा तथा रास्वपा का सांसदहरुले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराइएको , करको दर परिवर्तन गरेको बिषय बारे अर्थमन्त्री संग जवाफ माग गरेका थिए।  चित्तबुज्दो जवाफ नआए बैठक चल्न नदिने बताएका थिए।

 

अर्थमन्त्री डा प्रकाश शरण महतले  बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराइएको विषय निराधार भएको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री महतले राजश्व परामर्श समितिको सुझाव  र आन्तरिक छलफलबाट नै विधेयक तर्जुमा गरेको बताए।अर्थमन्त्रीले भने,'इमान्दार भएर काम गर्न अति कठिन हुँदोरहेछ। इमान्दार हुँदा प्रश्नमाथि प्रश्न उठ्दो रहेछ।  

 

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटमाथि छलफलका क्रममा  घट्दो पुँजीगत खर्चबाट समावेशी आर्थिक वृद्धि हाँसिल गर्न नसक्ने बताएका छन्। साथै उनले बजेट  नेपाल र नेपालीको हितमा  नआएको बताए। घट्दो पुँजीगत खर्चबाट समावेशी आर्थिक वृद्धि हाँसिल गर्ने उद्देश्य पूरा हुन नसक्ने उनले बताए।  सांसदहरुले आ आफ्नो भनाइ राखी रहेका छन्।  बजेटमाथि छलफल अहिले पनि जारि रहेको छ। 


 

advertisement_1730215456.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg