राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २१ जेष्ठ, २०८०
काठमाडौं । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले विरोध जनाएपछि प्रतिनिधि सभाको आज बसेको बैठक भोलि सोमवारसम्मका लागि स्थगित भएको छ ।
आइतबार संसदको बैठक सुरु भए लगतै एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राप्रपाका सांसदहरुले नागरिकता विधेयक र प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिमा विरोध जनाउँदै तीन दलले बैठक चल्न नदिएपछि सभामुख देवराज घिमिरेले आज आइतवार एक घण्टाका लागि बैठक स्थगित गर्नुभएको थियो ।
सरकारले माफी नमागेसम्म बैठक चल्न नदिने दलहरूले अडान लिएपछि अर्को बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको छ
आउँदो आर्थिक वर्ष २०८०÷८१ का लागि पेस भएको बजेटमाथि आजदेखि संसद् बैठकमा छलफल हुने तालिका रहेको तर दलहरूको बैठकले बजेट छलफल प्रभावित भएको छ ।