बुधबार, २४ पुष, २०८१

advertisement_1730215456.gif

प्रधानमन्त्री निवास बालुवाटारमा ८ दलको बैठक सुरु

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २१ फाल्गुन, २०७९

प्रधानमन्त्री निवास बालुवाटारमा ८ दलको बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा ८ दलको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पक दाहाल प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, नेता रमेश लेखक र माओवादीका शक्ति बस्नेत लगायता नेताहरू सहभागी छन् ।

फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनका साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले दिएको आदेश विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

टुँडिखेलमा भएको एक कार्यक्रममा प्रचण्डले सशस्त्र द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मा आफूले लिने बताएका थिए । द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मा लिने बताएका कारण प्रचण्डमाथि फौजदारी अभियोगमा छानबिन गरी कारबाहीको माग गर्दै परेको रिट सर्वोच्च अदालतमा दर्ता हुने भएपछि माओवादी केन्द्रले असन्तुष्टि जनाए सँगै आजको बैठकमा छलफल हुने नेताहरूले बताएका छन।

न्यायाधीश ईश्वर खतिवडा र हरि फुँयालको संयुक्त इजलासले शुक्रबार प्रचण्डविरुद्ध रिट दर्ता गर्न आदेश दिएको थियो । प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रचण्ड माथि छानबिन गरी कारबाही गर्नुपर्ने माग गर्दै अधिवक्ता ज्ञानेन्द्र राज आरण लगायत रिट लिएर सर्वोच्च अदालत गएका थिए ।

advertisement_1676551537.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg