राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, १८ मंसिर, २०८१
काठमाडौँ। चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिङपिङसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सीसँग बेइजिङको देउताइ स्टेट गेस्ट हाउसको भिल्ला नम्बर १२ मा भेटवार्ता गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटघाटका क्रममा उनीहरूबीच दुइ देश बिचमा आपसी सहकार्य,सम्बन्धलगायत विषयमा छलफल भएको बताइएको छ । भेटका क्रममा सीले प्रधानमन्त्री ओलीसँग नेपालको पछिल्लो राजनीतिक अवस्था लगायतका का बारेमा चासो राखेको बताइएको छ । राष्ट्रपति सीसँगको भेटवार्ताअघि प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री लीबीच भेटवार्ता भएको थियो । भेटका क्रममा उनीहरूबीच विभिन्न ८ वटा विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
प्रधानमन्त्री ओली चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणमा मंगलबार बेइजिङ गएका थिए । प्रधानमन्त्रीको हैसियतमा ओली यस अघि २०७३ र २०७५ मा चीन गएका थिए ।