राष्ट्रिय सन्देश संबाददाता, शनिबार, २० जेष्ठ, २०८०
काठमाडौं । चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल स्वदेश फर्किएका छन् ।
शनिबार साँझ ६ बजेपछि प्रधानमन्त्री दाहाल काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
प्रधानमंत्री दाहाल नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आएका हुन् । चार दिने भ्रमणको क्रममा प्रधानमन्त्री दाहालले भारतसँग ऊर्जा ब्यापार, सम्झौता गरेका छन् ।
उनले भारतीय समकक्षी मोदीसहित राष्ट्रपति, उपराष्ट्रपति र अन्य उच्च अधिकारीहरूसँग भेट गरेका थिए ।
भ्रमणका क्रममा नेपाल–भारतबीच ऊर्जा व्यापार सम्झौता, परिवहन सन्धि नवीकरण, अन्तरदेशीय प्रसारण लाइन निर्माणए, कार्गो रेल, पारवहन, डिजिटल भुक्तानी प्रणाली लगायतका विषयमा विभिन्न सम्झौता एवं समझदारी भएका छन् ।
प्रधानमन्त्री दाहालले भ्रमणको क्रममा शुक्रबार मध्य प्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा १०८ किलो रुद्राक्ष चढाउँदै पूजा समेत गरेका थिए ।