बिहीबार, २५ पुष, २०८१

advertisement_1730215456.gif

प्रधानमन्त्री प्रचण्ड जेठ १७ देखि २० गतेसम्म भारत भ्रमण जादै: भारतका उच्‍च पदर्थका व्‍यक्तित्‍वहरूसँग भेटघाटको कार्यक्रम हुने

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १३ जेष्ठ, २०८०

प्रधानमन्त्री प्रचण्ड जेठ १७ देखि २० गतेसम्म भारत भ्रमण जादै: भारतका उच्‍च पदर्थका व्‍यक्तित्‍वहरूसँग भेटघाटको कार्यक्रम हुने

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जेठ १७ गते बुधबारदेखि हुने भारत भ्रमणको कार्यतालिका सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले एकसाथ प्रधानमन्त्री प्रचण्डको चार दिने भारत भ्रमणको मिति घोषणा गरेका  हुन ।

शनिबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री दाहालको भारत भ्रमणको कार्यतालिका सार्वजनिक गरेको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा हुन लागेको प्रधानमन्त्री प्रचण्डको भ्रमणका क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखरसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । भारत भ्रमणको क्रममा प्रधानमन्त्री दाहालले जेठ १८ गते बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसंग हैदरावाद हाउसमा वार्ता हुने छ ।

प्रधानमन्त्री दाहालले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्त रुपमा आयोजना गर्ने नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

जेठ २० मा काठमाडौँ फर्कनुअघि प्रधानमन्त्री दाहालले मध्य प्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गर्ने कार्यक्रम पनि कार्यतालिकामा उल्लेख छ ।

advertisement_1680627680.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg