राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, ९ जेष्ठ, २०८०
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ११औं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।उनले दुइ मंत्री थपेका छन्।
जनता समाजवादी पार्टी (जसपा)का वीरेन्द्र कुमार महतो वन तथा वातावरण मन्त्री र प्रमिला कुमारीलाई शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बनेका छन्।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वीरेन्द्रप्रसाद महतोलाई र प्रमिला कुमारीलाई उक्त कार्यभार तोकेका हुन् ।