राष्ट्रिय सन्देश संबाददाता, सोमबार, ८ फाल्गुन, २०७९
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
माओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा दुई नेताबीच भएको भेटवार्ता करिब १ घण्टा चलेको थियो ।
फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनलाई लिएर विभिन्न दलका नेताहरुबीच भेटवार्ता चलिरहेको छ । प्रधानमन्त्री प्रचण्ड नेता नेपालसँगको भेटवार्तापछि पार्टी पदाधिकारी बैठकमा सहभागी हुन कोटेश्वरस्थित पेरिसडाँडा पुगेका थिए ।