राष्ट्रिय सन्देश संबाददाता, शनिबार, ४ चैत्र, २०७९
काठमाडौं। प्रधानमन्त्री प्रचण्डले यही चैत्र ६ गते विश्वासको मत लिने र नागरिकता विषयमा छलफल हुने बताइएको छ । भोली संसदमा बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक प्रस्तुत हुन लागेको हो।साथै सत्ता साझेदार १० दलबीच भोलि संसदमा प्रस्तुत गर्ने विधेयक र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने सहमति गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विश्वासको मत दिने र संसदमा प्रस्तुत गर्ने विधेयकमा सहमति गरको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी लगायतका १० वटा दलका शीर्ष नेताहरुको बैठकले विधेयक भोलि संसद बैठकमा पेस गर्ने निर्णय गरेका हुन् ।