बिहीबार, २५ पुष, २०८१

advertisement_1730215456.gif

प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि बढाउन दलहरु सहमत

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ४ बैशाख, २०८०

प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि बढाउन  दलहरु सहमत

काठमाडौँ।  प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि बढाउन संवैधानिक परिषद्को बैठक बोलाउने प्रमुख राजनीतिक दलका नेताबीच सहमति भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा  प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थिति रहेको थियो । 
बैठकले  लामो समयसम्म सर्वोच्च अदालत  प्रधानन्यायाधीशको  नियुक्ति नभएकोले  प्रक्रिया अगाडि सहमति गर्नुका साथै  प्रधानमन्त्री प्रचण्डले उपयुक्त समयमा संवैधानिक परिषद्को बैठक बोलाएर प्रक्रिया अगाडि बढाउने बताएको  बैठकमा सहभागी एक नेताले बताए । साथै, बैठकमा  सङ्क्रमणकालीन न्याय र सम्बन्धित विधेयकको  विषयमा पनि छलफल भएको बताइएको छ तर के छलफल भयो त्यस बारेमा केहि खुलाऎको छैन । लामो समय देखि दलहरु बीच असमझदारी हुदा  प्रधानन्यायाधीश नियुक्ति हुन सकेको थिएन।  

दलहरुबीच असमझदारी बढिरहेको बेला यो भेट लाइ सकारात्मक मानिएको छ। तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा महाभियोग प्रस्तावका कारण २०७८ फागुन १ मा निलम्बनमा परेपछि सर्वोच्च अदालत १४ महिनादेखि कामु प्रधानन्यायाधीशमने नेतृत्वमा छ ।जबराको निलम्बन हुँदा सुरुमा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की कामु प्रधानन्यायाधीश बनेका थिए ।

७ महिना कामु प्रधानन्यायाधीश बनेर उनी सेवानिवृत्त भएपछि असोज १५ देखि अर्का वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्कीले कामुका रूपमा सर्वोच्चको नेतृत्व सम्हाल्दै आएका छन् । उनी कामु भएको पनि ७ महिना भएको छ ।

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg