राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, १ असार, २०८०
काठमाडौँ। नेपालको सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन् ।
उनले आजै राष्ट्रपति रामचन्द्र पौडेलबाट राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।
संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि आज शुक्रबार नै कार्कीको नाम प्रधानन्यायाधीशमा सर्वसम्मतिले अनुमोदन गरेको थियो । त्यस पछि राष्ट्रपति पौडेलले उनलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन् ।
उनले बिगत आठ महिनादेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए।